०१-५००५५४८/४९
info@sajhasewa.com.np

हाम्रो बारे

साझा पसल सेवा (सहकारी संस्था) लि. २०३१ सालमा स्थापना भएको हो । यो संस्था सहकारी सिद्धान्त अनुरूप स्थापित र सञ्चालित रहेको छ । विगतमा धेरै बस्तुको व्यवसायिक कारोवारमा संलग्न रहेतापनि हालमा विश्व व्यापार संगठन (WTO) को व्यापारिक संलग्नताको दृष्टिकोणबाट हेर्ने हो भने उत्पादन र सेवा व्यापारको परिभाषामा यो संस्थालाई लिन सकिन्छ । देशभित्र पेट्रोलियम पदार्थ, रासायनिक तथा प्राङगारिक मल, सिमेण्ट आदि वस्तुहरू स्तरीय र सर्वसुलभ रूपमा बिक्री वितरणको व्यवस्था गर्दै आएको छ ।

केन्द्रीय कार्यालय काठमाडौं, बल्खुु तथा शाखा कार्याालयहरूमा गरी ६३ जना कर्मचारी संलग्न यो संस्था नाफामुखी तथा सेवामुखी कार्यका साथ अगाडि बढेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको सरकारी संस्थान तथा कम्पनी, सामाजिक संघसंस्थाहरू समेतको सञ्चालक समिति र आर्थिक समिति तथा स्थायी समितिबाट नीति निर्माण, निर्णय प्रक्रिया, आर्थिक अनुसाशन तथा प्रशासनिक व्यवस्थापनको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

आफ्नो व्यवसायिक कारोवारलाई समयानुकुल बनाउँदै व्यापार विविधिकरणतर्फ अग्रसर भई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा विस्तार गर्ने दूरदृष्टि यो संस्थाले बनाएको छ । निकट भविष्यमै यसका सकारात्मक प्रतिफल देखापर्ने विश्वास गरिएको छ ।
सर्वसाधारणमा स्तरीय, भरपर्दो र सर्वसुलभ सेवा पुर्‍याउने उद्देश्यलाई व्यवहारमा उतार्न यो संस्था कटिवद्ध रहेको छ ।